×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकहरुको गैर बैंकिङ सम्पत्ति बढ्नु गम्भीर विषय हो’: डेपुटी गभर्नर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘बैंकहरुको गैर बैंकिङ सम्पत्ति बढ्नु गम्भीर विषय हो’: डेपुटी गभर्नर

Artha Sarokar

१३ कार्तिक २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्नु गम्भीर विषय भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मिश्रले बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक रिपोर्टमा गैर बैंकिङ सम्पत्ति बढेको देखिनु गम्भीर विषय भएको बताएका हुन् । 

उनले बैंकहरुको गैर बैंकिङ सम्पत्ति बढ्नुको विषयमा गम्भीर हुन जरुरी रहेको पनि उल्लेख गरेका छन् । 

‘अहिले बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिकको ब्यालेन्ससिट प्रकाशित भएको छ । जुन ब्यालेन्ससिट हेर्दा बैंकहरुको एनपीए वृद्धि भएको छ ।’, डेपुटी गभर्नर मिश्रले भने, ‘कसरी वृद्धि भयो त्यो विषयमा गम्भिर हुन जरुरी छ ।’ 

त्यस्तै, उनले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको पनि उल्लेख गरेका छन् । बैंकहरुको गैर बैंकिङ सम्पत्ति बढ्नु, कर्जा विस्तारको ग्राफ नबढ्नु, व्यवसायीहरुको मनोबल नबढ्नु लगायतका कारणले मौद्रिक नीतिमा उल्लेख भए अनुसारको कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् । ‘विजनेश कन्फिडेन्ट कमजोर भएको अवस्था छ । लगानी भइरहेको छैन । कर्जा वृद्धि भइरहेको छैन ।’, उनले भने, ‘साढे ११ र १२ प्रतिशत भनेर ६५४ अर्बको कर्जा बढाउँछौँ भनेर मौद्रिक नीतिमा लेख्यौँ । पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार नहुने देखिएको छ ।’

साथै डेपुटी गभर्नर मिश्रले सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नुपर्ने तर यसवर्ष उक्त वृद्धि नहुने देखिएको बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी