काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । कात्तितक १३ गतेका दिन बैंकले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हो ।
वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बिहान ६:३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौँमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्य पश्चात प्रभातफेरी गरिएको थियो । केन्द्रिय कार्यालयबाट शुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल, लक्ष्मण बाबु भवन, नक्साल पेट्रोल पम्प, नारायण चौर, नागपोखरी, उत्तरढोका, गैरीधारा हुँदै बैंकको केन्द्रिय कार्यालय, बालुवाटारमा आएर सम्पन्न गरिएको थियो ।
यस प्रभातफेरी कार्यक्रममा बैंकले डिजिटल साक्षरता सम्बन्धि विभिन्न व्यानरहरुद्वारा आम जनताहरुमा जनचेतना समेत पुर्याएको थियो । प्रभातफेरी कार्यक्रम पश्चात बैंकका संचालक समितिका अध्यक्ष उज्जवल सत्यालले बैंकको २०औं वार्षिकोत्सव सम्बन्धि आफ्नो छोटो मन्तव्य राखेका थिए ।
साथै, वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय काठमाडौँ, पोखरा क्लष्टर, नेपालगञ्ज क्लष्टर र बर्दिबास शाखामा गरिएको रक्तदान कार्यक्रममा जम्मा २५१ जना व्यक्तिहरुले रक्तदान समेत गरेका थिए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।