×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १.८८ अंकले घट्यो नेप्से, ५ अर्ब २२ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार १.८८ अंकले घट्यो नेप्से, ५ अर्ब २२ करोडमाथिको कारोबार

Artha Sarokar

२१ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड १६ लाख ८ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार २ सय ६८. ७० रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से सूचक घटेपनि बुधबारको बजारमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।  यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी