Skip to content
LAXMI SUNRISE BANK

नाम निस्के पनि नियुक्तिमा १ वर्षसम्म ‘झुलाउन सक्ने’ सर्त राखेर खुल्यो इन्भेस्टमेन्ट मेगा बैंकमा जागिर !

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ठुलो संख्यामा जागिर खुलाएको छ । बैंकले एक सुचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी लेभलमा ५ जना र ट्रेनी असिस्टेन्ट लेभलमा ५० जनाका लागि जागिर खुलाएको हो ।

जागिरमा नाम निस्के पनि नियुक्तिमा १ वर्षसम्म ‘झुलाउन सक्ने’ सर्त राखेर बैंकले जागिर खुलाएको छ ।

म्यानेजमेन्ट ट्रेनी लेभलका लागि न्युनतम कम्प्युटर इन्जिनियरिङमा ब्याचलर गरेको हुनु पर्नेछ भने ट्रेनी असिस्टेन्ट लेभलका लागि न्युनतम म्यानेजमेन्ट/अर्थशास्त्र/आइटिमा ब्याचलर गरेकालाई प्राथमिकता दिइने सुचनामा उल्लेख छ ।

उक्त पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मङ्सिर ९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK