काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाजको आवतजावत बढेको छ । विमानस्थल स्तरोन्नतिका लागि भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय जहाजहरुको अवातजावत बढेको हो ।
हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत हुने धेरैजसो अन्तराष्ट्रिय उडान र अवतरण गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट भएका छन् ।
अहिले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कतार एयरवेज, जजिरा एयरवेज, नेपाल एयरलाइन्स लगायतका अन्तराष्ट्रिय जहाजहरुको आवतजावत बढेको छ ।
सँगै भैरहवा विमानस्थलमा यात्रुको चहलपहल पनि बढेको छ । विमानस्थलमा यात्रुको चहलपहल बढेसँगै पर्यटन व्यवसायीहरु पनि खुसी भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः