Skip to content
LAXMI SUNRISE BANK

कर्णालीमा १७ जना कोरोना संक्रमित थपिए, २३ जना भए ‘डिस्चार्ज’

अर्थ सरोकार

सुर्खेत
  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा मंगलबार १७ जनामा संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुष्टी हुनेमा सुर्खेतका ११ जना, दैलेख र बर्दियाका दुई/दुईजना, कालीकोट र बाँकेका एक/एक जनामा रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६९१ पुगेको छ । साथै, कर्णालीमा मंगलबार थप २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २३४० पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK