काठमाडौँ । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शंखरापुर काठमाडौँले बिमा दाबी रकम भुक्तानी गरेको छ । शंखरापुर शाखामा रहेको केन्द्र न.१०६ की सदस्य बसन्त राईको श्रीमान् फडिन्द्र प्रसाद राईको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।
सदस्य बसन्त राईले संस्थाबाट दुई लाख कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजकिरिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम दुई लाख समेत फिर्ता गरी जम्मा रकम दुई लाख २५ हजार निज सदस्य बसन्त राईलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक मिस झुमा पौडेलले बताइन् ।
संस्थाले आफ्ना ग्राहक सदस्यहरूको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरूलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्य अनुरूप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक मिस झुमा पौडेल, शाखाका कर्मचारी सुजन श्रेष्ठ र रीता ढुङ्गेलको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्