Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै रकम ठग्ने तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षिया प्रितिका बास्तोला, ३६ वर्षिया शरदा सुबेदी र सुरज कँडेल रहेका छन् ।

पक्राउ परेका तीन जना मध्ये प्रितिका बास्तोलाले एक जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाउने भन्दै दुई लाख रुपैयाँ, शरदा सुबेदीले एक जनालाई युके पठाउने भन्दै एक लाख रुपैयाँ र सुरज कँडेलले पनि एक जनालाई युके पठाउने भन्दै एक लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम लिए पश्चात सम्पर्क विहीन भएको भन्दै पीडितहरुले दिएको उजुरीका आधारमा खोजतलास गर्दा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK