काठमाडौँ । सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आज सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
सरकारले अचानक सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सोमबार कार्यालय हिँडेका कर्मचारीहरु बाटैबाट फर्किएका छन् ।