काठमाडौँ । भारतले पहिलो पटक स्वदेशमै विकास गरिएको दीर्घ दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरी अत्याधुनिक सैन्य प्रविधिमा दक्ष राष्ट्रहरूको विशिष्ट क्लबमा प्रवेश गरेको छ।
रक्षामन्त्री राजनाथ सिंहले आइतबार यस ऐतिहासिक उपलब्धिको घोषणा गर्दै भने, ‘भारतले दीर्घ दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरी ठूलो उपलब्धि हासिल गरेको छ।’
हाइपरसोनिक क्षेप्यास्त्रलाई सैन्य प्रविधिको नयाँ सीमारेखा मानिन्छ, जसले कम उचाइमा उडान गर्ने र पत्ता लगाउन कठिन हुने फाइदा दिन्छ। यसले लक्ष्यमा तीव्र रूपमा पुग्न र उडानको क्रममा लक्ष्य परिवर्तन गर्न सक्ने क्षमता प्रदान गर्दछ।
भारतले यो परीक्षण केही दिनअघि चीनले झुहाईको एयर शोमा आफ्नो उन्नत सैन्य विमान र ड्रोन प्रर्दशन गरेपछि गरेको हो। चीनले उक्त शोमा एचक्यू-१९ सतहदेखि आकाशसम्म मार हान्न सक्ने क्षेप्यास्त्र प्रणाली सार्वजनिक गरेको थियो, जसले बलिस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक ग्लाइड वाहनलाई रोक्न सक्षम रहेको बताइएको छ।
यस उपलब्धिले भारतलाई हाइपरसोनिक प्रविधिमा अमेरिका, रूस, चीन र उत्तर कोरियाको पंक्तिमा उभ्याएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्