×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय सेक्युरिटिज बैंकरको साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालय सेक्युरिटिज बैंकरको साधारणसभा सम्पन्न

Artha Sarokar

६ मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा  सम्पन्न भएको छ । कम्पनीको साधारण सभा मंसिर ५ गते बुधबारका दिन कम्पनीको रजिष्टर कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा  सम्पन्न भएको हो ।
सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को वित्तिय लेखापरिक्षण प्रतिवेदन, सञ्चालकहरुको नियुक्ती तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरु निर्णयसहित पारित भएका छन् । कम्पनीको अध्यक्ष पदमा दीपक कुमार श्रेष्ठ, संचालक तर्फ सिताराम वाग्ले र आकांक्षा गुप्ताको पुनर्नियुक्ति भएको छ भने थप स्वतन्त्र संचालकतर्फ बद्री सिग्देल तथा दिनेश कुमार लालको पनि नियुक्ति भएको छ ।
कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दै आएकोमा आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान गर्दै अग्रणी संस्था बन्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा पूँजी बजारको विकासमा टेवा पुग्ने गरी कार्य गर्ने प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठले विश्वस्तता व्यक्त गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी