×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशका दुई जिल्लामा थपिए ११ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गण्डकी प्रदेशका दुई जिल्लामा थपिए ११ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्वत । मंगलबार गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेशका २ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले जानकारी दिए । 
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–२ का २ जना, वडा नम्बर ५ का २ जना तथा वडा नम्बर ८ की १ जनामा संक्रमण देखिएको हो । यस्तै कावासोती नगरपालिका–२ की १ जनामा पनि कोरोना देखिएको छ । 
कास्कीको पोखरा महानगरपालिकाका पाँच जनामा पनि संक्रमण रहेको पाइएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या दुई हजार ६१२ पुगेको छ। कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा २० जनाको मृत्यु भइसकेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी