काठमाडौँ । राहदानी वितरणको कार्य अनिश्चितकालका लागि बन्द भएको छ । राहदानी विभागको सिस्टममा समस्या आउँदा नयाँ राहदानी वितरणको काम अनिश्चितकालका लागि बन्द भएको हो ।
राहदानी वितरणको काम ठप्प हुँदा तत्कालन पासपोर्ट लिएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु मर्कामा परेका छन् ।
यता राहदानी विभागले भने आइतबारसम्म समस्या समाधान गरी सेवा सुरु गर्ने प्रयास भइरहेको बताएको छ । विभाग स्रोतका अनुसार सिस्टमका केही कम्प्युटर सफ्टवेरमा मालवेयर छिरेको थापा पाएपछि पूरै सिस्टम जोखिममा नहोस् भनेर तत्कालका लागि सबै सिस्टम बन्द गरिएको हो ।
सिस्टम बन्द हुँदा राहदानी वितरणको काम बिहीबारदेखि नै ठप्प छ ।