Skip to content
LAXMI SUNRISE BANK

एजुकेसनल कन्टेन्ट क्रिएटर अनुपमा संग्रौला सम्मानित 

अर्थ सरोकार

काठमाडौँ । कन्टेन्ट क्रिएटर सीए अनुपमा संग्रौलालाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । राजस्व लगायत कानूनका विषयमा संग्रौलाले बनाउँदै आएको एजुकेसनल कन्टेन्टका लागि विभागले सम्मान गरेको हो । 

राष्ट्रिय कर दिवस २०८१ को कर सप्ताह समापन समारोहका अवसरमा विभागले संग्रौलालाई सम्मान गरेको हो ।

संग्रौलालाई कर सम्बन्धी सूचना तथा जानकारी सामाजिक सञ्जालको माध्यमबाट निरन्तर रुपमा प्रसारण गरी सहयोग गर्नुका साथै कर सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै एजुकेसनल कन्टेन्ट क्रिएटरका रुपमा सम्मान गरिएको विभागले जनाएको छ । 

सम्मान ग्रहणपछि सामाजिक सञ्जाल फेसबुकमार्फत संग्रौलाले विभागलाई धन्यवाद दिएकी छिन् । उक्त सम्मानले आफूसँगै अन्य युवा सिर्जनाकर्तालाई पनि हौसला प्रदान गरेको उनले बताएकी छिन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK