काठमाडौँ । बिग इन्डष्ट्रिज लिमिटेडको चोथौँ साधारण सभा सम्पन्न भएको छ । बुढानिलकण्ठस्थित होटल लेमन ट्रि प्रिमियरमा कम्पनीको चौथौँ साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष तथा कार्यक्रमका सभापति नवराज बुर्लाकोटीद्वारा पानसमा दियो बालेर उद्घाटन गरिएको उक्त साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुका साथै प्रतिवेदन र कार्ययोजनामाथि छलफलसमेत गरिएको थियो ।
त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेका विभिन्न महत्वपूर्ण निर्णयहरु पनि पारित गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः