×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ बोर्ड अध्यक्ष नियुक्त भएकै दिन सेयर बजारमा उछाल, ३३.४१ अंकले बढ्यो बजार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नयाँ बोर्ड अध्यक्ष नियुक्त भएकै दिन सेयर बजारमा उछाल, ३३.४१ अंकले बढ्यो बजार !

Artha Sarokar

११ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धितोपत्र बोर्डमा नयाँ बोर्ड अध्यक्ष नियुक्त भएकै दिन सेयर बजारमा उछाल देखिएको छ । आज नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ७८ लाख ३१ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सपोर्ट माइक्रोसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी