×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

१२ मंसिर २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला नागार्जुन  नगरपालिका वडा नं. ०५  सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र टोखा नगरपालिका वडा नं. ८ बस्ने  २८ वर्षिया मनिषा कुमारी रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये सुवर्ण कुमार बलले एक जनालाई क्रोएसिया पठाउने भन्दै १५ लाख रुपैयाँ र मनिषा कुमारीले एक जनालाई दुबई पठाउने भन्दै २ लाख ४५ हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी