×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ३९.७० अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार ३९.७० अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

१२ मंसिर २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३९.७० अंकले बढेर २७५६.३६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १६ कम्पनीको एक करोड ७१ लाख ८३ हजार ८ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको लिमिटेडको भएको छ । यस कम्पनीको ३४ करोड १ लाख १२ हजार २ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा बिशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार बिशाल बजार कम्पनीसहित ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी