×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकको सिइओमा दीपक कुमार डेले, अनुकूल भटनागर बहिरिए !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल एसबिआई बैंकको सिइओमा दीपक कुमार डेले, अनुकूल भटनागर बहिरिए !

Artha Sarokar

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनुकूल भटनागर बैंकबाट बहिरिएका छन् । स्टेट बैंक अफ इण्डिया (एसबिआई) का कर्मचारी भटनागर नेपालको कार्यकाल सकेर बहिरिएका हुन् ।
भटनागरलाई स्टेट बैंक अफ इण्डियाले फिर्ता बोलाएसँगै दीपककुमार डेलेलाई प्रमुख कार्यकारी अधिकृत बनाएर पठाएको छ । भदौ १९ गते बैंक सञ्चालक समितिको बैठकले भारतीय स्टेट बैंकको निर्णयलाई सदर गरी भटनागरलाई फिर्ता पठाउने स्वीकृति दिएको हो । सोही बैठकले दीपककुमार डेले पदमा पदबहाल नहुँदासम्मको लागि नायब कार्यकारी प्रमुख शुभकान्त कानुनगोलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी