×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खानु भयो त योमरी ?, हर्षोल्लासका साथ मनाइँदैछ बसन्तपुर दरबार स्क्वायरमा ‘योमरी पुन्हि’ (तस्विरहरू)

LAXMI SUNSIRE
GLOBAL IME BANK

खानु भयो त योमरी ?, हर्षोल्लासका साथ मनाइँदैछ बसन्तपुर दरबार स्क्वायरमा ‘योमरी पुन्हि’ (तस्विरहरू)

Artha Sarokar

३० मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकेर घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।

सोही अवसरमा आज काठमाडौंका नेवार समुदायले र्याली सहित विभिन्न कार्यक्रम आयोजना गरेका छन् । बाँकि तस्विरमा  हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी