Skip to content
LAXMI SUNRISE BANK

नेपाल हाइड्रो डेभलपर्सद्वारा लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट आफ्ना सेयरधनीका लागि ८ . ४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन् ।

लाभांश पारित गर्नका लागि नेपाल हाइड्रो डेभलपर्सले पुस २५ गते साधारणसभा बोलाएको छ । सभा लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK