Skip to content
LAXMI SUNRISE BANK

ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा, एक अर्ब ५० करोड लगानी

अर्थ सरोकार

काठमाडौँ । ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको छ । ललितपुरको झम्सिखेलमा नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको हो ।

सिजी होल्डिङ्स कम्पनीले अन्तर्राष्ट्रिय स्तरको खाना र सेवासहितको मल्टिभेन्यु सञ्चालनमा ल्याएको हो । कूल एक अर्ब ५० करोड लगानीमा निर्माण भएको द प्लाजाको व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ । कूल १२ हजार वर्ग फिटको ठूलो हलमा थियटर सेटअप एकै साथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ भने ठूलो हललाई आवश्यकताअनुसार दुई र तीन वटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिन्छ ।

त्यस्तै, कूल ४३ हजार वर्गफिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ । द प्लाजामा आवश्यकता अनुसार सचिवलाय र भीआईपी कक्षको पनि सुविधा छ ।

कार्यक्रमको उच्च स्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, साँस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रवन्ध गर्ने जनाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK