Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन, ग्राहक आफैँले नगद झिक्न र जम्मा गर्न मिल्ने !

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंकले डिजिटल काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले अँग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालमै पहिलोपटक स्वचालित काउन्टर ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको हो ।

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्धेश्यले उक्त काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त काउन्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइकलिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, नगद जम्मा गर्न, झिक्न र क्लियरिङ चेक जम्मा गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैँले प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा सुरु भएसँगै कार्यालय समय कुरेर काउन्टरमा लाइन लागेर बैंकिङ सेवा लिनुपर्ने झण्झटको अन्त्य हुने बैंकले विश्वास लिएको छ । हाल उक्त सेवा बैंकको मुख्या कार्यालय बबरमहलबाट उपलब्ध गराइएको छ । आवश्यकता अनुसार भविष्यमा अन्य स्थानमासमेत सेवा विस्तार गर्ने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK