Skip to content
LAXMI SUNRISE BANK

त्रिविको प्रश्नपत्र अँग्रेजी र नेपाली दुवै भाषामा 

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अँग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको छ । हाल चलिरहेको स्नातक तह पहिलो वर्षको परीक्षामा अँग्रेजी र नेपाली दुवै भाषमा प्रश्नपत्र सोधेको हो ।

यसअघि अँग्रेजी भाषमा मात्रै प्रश्नपत्र आउँदा विद्यार्थीलाई असहज भएको गुनासो बढेपछि त्रिविले अँग्रेजीसँगै नेपाली भाषामा पनि प्रश्नपत्र सोध्न सुरु गरेको हो । 

हाल परीक्षामा सहभागी विद्यार्थीहरुले अँग्रेजी र नेपाली दुवै भाषमा प्रश्नपत्र पढ्न पाएका छन् । पहिलोपटक परीक्षाको प्रश्नपत्र अँग्रेजी र नेपाली भाषामा सोधेको त्रिविले त्यसको प्रभाव मूल्याङ्कनका लागि परीक्षा सकिएपछि सर्वेक्षण गर्ने भएको छ । 

अँग्रेजी र नेपाली दुवै भाषमा प्रश्न सोधिएपछि त्रिविको परीक्षामा सहभागी विद्यार्थीहरुले पनि सहज भएको प्रतिक्रिया दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK