Skip to content
LAXMI SUNRISE BANK

बैंकमा पैसा थुप्रियो, प्रणालीबाट ८० अर्ब तान्दै राष्ट्र बैंक 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत प्रणालीबाट ८० अर्ब रुपैयाँ तान्न लागेको हो । 

उक्त निक्षेपको अवधि जम्मा १४ दिनको हुने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि तरलता व्यवस्थापनका लागि निक्षेप तान्न लागिएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातदेखि नै तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट तरलता तान्दै आएको छ । 

आज (बुधबार) बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा-ब्याज माघ ९ गते भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाटै तय हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK