×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकका नवनियुक्त सीईओ देवकोटाद्वारा पदभार ग्रहण 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिन्धु विकास बैंकका नवनियुक्त सीईओ देवकोटाद्वारा पदभार ग्रहण 

Artha Sarokar

२६ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिन्धु विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले पदभार सम्हालेका छन् । पुष २६ गते (शुक्रबार) देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा एक समारोहका बीच पदभार सम्हालेका हुन् । 

देवकोटालाई बैंकको सञ्चालक समितिले आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको हो । 

सीईओको पदभार सम्हाल्दै देवकोटाले संस्थागत सुशासन र नियमकीय अनुपालना आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । उनले अहिलेको विषम परिस्थितिलाई चिर्दै आगामी दिनमा बैंकलाई सबल, सक्षम र उदाहरणीय बैंक बनाउने योजना रहेको बताएका छन् । 

करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटाले आफ्नो बैंकिङ करियर वि.सं. २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका हुन् । उनले लामो समय नेपाल बङ्गलादेश बैंकमा बिताएका थिए । देवकोटाले नेपाल बङ्गलादेश बैकमा रहँदा प्रमुख वित्त अधिकृत, प्रमुख संचालन अधिकृत, प्रमुख जोखिम अधिकृत लगायतका कार्यकारी पदमा जिम्मेवारी सम्हालेका थिए । तत्कालीन नेपाल बङ्गलादेश बैक नबिल बैकमा गाभिए पश्चात देवकोटाले नबिल बैकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । देवकोटाले नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलर स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै करिब एक वर्ष उक्त संस्थाको कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेका थिए । 

व्यवसायिक रुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व पार्षद् समेत हुन् । उनी नेपाल लेखामान बोर्डका सदस्य समेत रहेका थिए । 

देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लगायतका संस्थाहरुमा संचालक सदस्यको रुपमा पनि कार्य गरिसकेका छन् । बैकिङ्ग, वित्तिय क्षेत्र र पुँजी बजारमा विशेष दख्खल राख्ने देवकोटाको नेतृत्वमा सिन्धु विकास बैकले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास बैक संचालक समितिले लिएको छ । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शास्त्रमा स्नातकोत्तर र कानुन विषयमा एलएलबी पनि गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी