काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले माघमा सेयर बजार बढ्ने सम्भावना अधिक रहेको बताएका छन् । अर्थ सरोकारको साप्ताहिक कार्यक्रम ‘स्टक चार्ट विथ बिमोददेव पन्त’मा बोल्दै उनले यस्तो बताएका हुन् ।
बजारमा अहिले ब्याड न्युज र पुष मसान्तको प्रेसर दुवै सकिएकाले माघ महिनामा सेयर बजारमा राम्रो बढोत्तरी देखिने पन्तले बताएका छन् ।
केही समयदेखि चलिरहेको सरकार परिवर्तनको हल्लासँगै बजार घटाउने गरी भइरहेको अनावश्यक टिप्पणी कम हुँदै गएको पन्तको भनाई छ । उनले अब बजार निरन्तर सुध्रिँदै जाने र माघ महिनामा राम्रो बढोत्तरी देख्न सकिने बताएका छन् ।
त्यस्तै, पन्तले अहिले बजारमा लगानीका सन्दर्भमा लगानीकर्तामा कन्फ्युजन धेरै भएको भन्दै अब बजार यात्रा माथि नै भएको दाबी गरेका छन् । पन्तसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः