Skip to content
LAXMI SUNRISE BANK

चितवनमा कोरोना संक्रमितको संख्या झण्डै ९ सय पुग्यो, एकैदिन थपिए ७४ संक्रमित

अर्थ सरोकार

चितवन
  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा भदौ १८ गते भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा ७४ जना कोरोना संक्रमण पुष्टी भएको छ ।  चितवनमा एकैदिन ७४ जना कोरोना संक्रमित थपिएका हुन् ।
 
भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा छन् । संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको आज अन्तिम दिन यति धेरै संख्यामा चितवनमा संक्रमित फेला परेका हुन् । जिल्लामा संक्रमितको संख्या झण्डै ९ सय पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK