×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ मा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी, सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत संक्रमित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रदेश २ मा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी, सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत संक्रमित

Artha Sarokar

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेत
  • अर्थ सरोकार सम्बाददाता 
वीरगंज । प्रदेश २ मा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भदौ १८ गते नारायणी अस्पताल पीसीआर ल्याबमा भएको कुल ५८४ स्वाब परीक्षणबाट ४५ जनामा संक्रमण पुष्टी भएको हो। 
कोरोना संक्रमण पुष्टी हुनेमा १० महिला र ३५ पुरुष रहेका छन्। १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा निस्केका संक्रमितमध्ये पर्साका २६ र बाराका १९ जना रहेका छन्। जसमध्ये पर्सा वीरगंजका १९ जना रहेका छन्। वीरगंज नबिल बैंकका ६ जना कर्मचारी रहेका छन्। त्यसैगरी, वीरगंज वडा नं ९ का २ जना, ११ का २ जना, ८ का १ जना, १५ का १ जना, २१ का १ जना, १४ का २ जना, २२ का २ जना र १० का २ जना रहेका छन्। एक जनाको वडा नं खुलेको छैन।
त्यसैगरी, पर्सा कालिकामाई वडा नम्बर १ का २ जना, ३ का १ जना, सखुवाप्रसौनी ४ का २ जना, ५ का १ जना र पटेर्वा सुगौली गापाका १ जना रहेका छन्। बाराका १९ जनामध्ये निजगढबाट १४ जना रहेका छन्। निजगढ ८ नम्बर वडाका २ जना, ७ का १ जना, ९ का १ जना, ईलाका प्रहरी कार्यालय निजगढका ३९, ४३, ५७, २८, ३३ र ३३ का पुरुष सुरक्षाकर्मी गरी ६ जना, सशस्त्र प्रहरी पिलुवा गणका २६ र ३७ वर्षका दुई जना गरी ८ जना सुरक्षाकर्मी रहेका छन्।
कामना विकास बैंक बाराका २५ वर्षका कर्मचारी रहेका छन्। २४ सिटी भ्यालुभन्दा माथिका २९ जना र सो भन्दा मुनिका १६ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी