काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३७ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा रु एक अर्ब ५१ करोड ७२ लाख ९७ हजार राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा रु एक अर्ब ३५ करोड तीन लाख राजस्व संकलन भएको थियो । कार्यालयले चालु आर्थिक वर्षमा रु चार अर्ब ६१ लाख राजस्व संकलनको लक्ष्य लिएको अधिकृत ज्ञानेन्द्र राईले जानकारी दिए ।
‘चालु आवको छ महिनामा रु एक अर्ब ८८ करोड ५८ लाख २१ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ८०.४६ प्रतिशत राजस्व सङ्कलन भयो’, उनले भने ‘चालु आवको पहिलो छ महिनामा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकोले सो अनुसार संकलन हुनसकेन’ ।
कार्यालयले समीक्षा अवधिमा आयकरबाट रु ६६ करोड ३१ लाख ४८ हजार, ब्याजबापत रु चार करोड ७५ लाख ९६ हजार, मूल्य अभिवृद्धि करबापत ५२ करोड २० लाख ३० हजार अन्तःशुल्क बापत रु २६ करोड ५० लाख पाँच हजार राजस्व संकलन गरेको छ । कार्यालयले राजस्व सङकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको कर अधिकृत राईले बताए ।
उनका अनुसार स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम, स्थानीय तहसँगको समन्वयमा प्यानमा दर्ता नभएका साना व्यवसायीका लागि तालिम सञ्चालन भइरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्