काठमाडौँ । गहना खोज्ने जात्राका लागि काठमाडौँको गहना पोखरी सुकाइएको छ । हाँडीगाउँमा ‘तीसा मालिगु जात्रा’ अर्थात गहना खोज्ने जात्राका लागि पोखरी सुकाइएको हो ।
अहिले सुकाइएको पोखरी पछि भर्ने गरिन्छ । हरेक वर्ष बैशाख ४ गते उक्त पोखरीमा गहना खोज्ने जात्राका लागि टुँडालदेवी माईको जात्रा गरिन्छ । देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः