×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंक र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच सम्झौता

Artha Sarokar

१० माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पा बीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओ.पि.डी. टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयु, शल्यक्रिया तथा एक्स–रे/यु.एस.जी.मा १० प्रतिशत, र ल्याब टेस्टमा ५ प्रतिशत सम्म छुट प्रदान गरिनेछ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

साथै आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी