Skip to content
LAXMI SUNRISE BANK

आजका लागि इसेवाको सेवा सूचारु, अर्को महिना फेरि बिग्रने पक्का ! ग्राहक भन्छन्, ‘यस्तो झुर सेवा काम छैन’

अर्थ सरोकार

काठमाडौँ । कुलमान नहुँदा नेपालमा लोडसेडिङ भएकै पारामा दिनैपिच्छे समस्या आईरहने र हप्तैपिच्छे बिग्रिरहने इसेवा आजका लागि सूचारु भएको जानकारी इसेवाले दिएको छ । एक सार्वजनिक सूचना जारी गर्दै इसेवाले यस्तो जानकारी दिएको हो । केहि समय अघिसम्म इसेवामा भुक्तानी नहुने समस्या देखिएको थियो । इसेवामा समस्या आउनु खासै नयाँ कुरा नभए पनि महिनामा आधा दर्जनपटक बिग्रनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसो त आजका लागि इसेवा बनेको जानकारी कम्पनीले दिए पनि अझै थुप्रै ग्राहकले भुक्तानीमा समस्या भोगिरहेका छन् । इसेवाका एक सिनियर प्राविधिकले दिएको जानकारी अनुसार यो सेवा पनि आजका लागि मात्र बनेको हो । बिग्रिएको मूल कुरा नबनेकाले इसेवा पुन: बिग्रने र इसेवामा ग्राहकको विवरणसमेत सुरक्षित नरहेको ती प्राविधिकको भनाई छ । ग्राहकको प्रतिक्रिया -‘यस्तो झुर सेवा काम छैन’

यता इसेवा बिग्रिरहेपछि ग्राहकहरुले इसेवाजस्तो झुर एपको काम नरहेको बताउन थालेका छन् । कतिपय ग्राहकहरुले इसेवा ‘स्क्यामर’हरुको एप भएको संघीन आरोपसमेत लगाईरहेका छन् । इसेवाले सेवा सूचारु भएको जानकारी दिएको पोष्टमा समेत धेरै प्रयोगकर्ताले आफुले सो एप डिलिट गरिसकेको र आफुले अर्को वालेट डाउनलोड गरिसकेको प्रतिक्रिया दिएका छन् ।      
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK