×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा: महालक्ष्मी बहुउद्देशीयमा युरिया मल लिन कृषकको भीड, पहिरो झरेपछि जोखिममा परे बेनीबासीका घर…!

PRIME CA

देश बोल्ने फोटो कथा: महालक्ष्मी बहुउद्देशीयमा युरिया मल लिन कृषकको भीड, पहिरो झरेपछि जोखिममा परे बेनीबासीका घर…!

अर्थ सरोकार

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले महालक्ष्मी बहुउद्देशीयमा युरिया मल लिन कृषकको भीडदेखिपहिरो झरेपछि जोखिममा परे बेनीबासीका घरसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
युरिया मल लिन लागेको कृषकको भीड । वालिङ नगरपालिका– ८ स्थित डुम्रीकोटमा रहेको महालक्ष्मी बहुउद्देशीय सहकारी संस्था लिमिटेडमा युरिया मल लिनको लागि बिहान ५ बजेदेखि आएको कृषक ।
पाल्पाको तानसेन नगरपालिकाको टुँडिखेल नजिकै रहेको वीरेन्द्र फूलवारी शङ्खधर पार्क सुनसान बन्दै । जिल्ला प्रशासन कार्यालय पाल्पाले भदौ १९ गतेसम्म निषेधाज्ञा जारी गरेपछि जनजीवन प्रभावित भएको छ ।
पाल्पाको तानसेन नगरपालिका असन टोलस्थित घरमा बसी टपरी बुन्दै महिला । सालको पातलाई सिनकोले बुनेर टपरी बनाउने चलन छ । ग्रामीण क्षेत्रमा बिवाहलगायतका शुभ कार्यमा थालकारूपमा टपरी प्रयोग हुन्छ 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ३ पिपलाडीका किसान बसन्ते तरकारी खेतीका लागि बेर्ना राख्दै । पिपलाडी गाँउ तरकारी खेतीका लागि अग्रणी रहेको छ । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका आधारभूत तहका बालबालिकालाई वितरण गर्न ल्याइएका पुस्तक मिलाउँदै कर्मचारी । बन्दबन्दीका बेला घरमै पठनपाठन गर्न सघाउ पुर्याउने उद्देश्यले नगरपालिकाले पुस्तक वितरण गर्न व्यस्था मिलाएको छ । 
गाउँको पुछारमा रहेको बान्द्रे र पाखाखेतको पहिरोका कारण म्याग्दीको बेनी नगरपालिका–१०को पात्लेखेतमा पाँच घर विस्थापितका साथै ६५ घर जोखिममा ।
डोटीको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा तरकारी तथा फलफूल किन्दै ग्राहक । यहाँको स्थानीय प्रशासनले निषेधाज्ञाका समयमा बिहान ६ देखि १० बजे सम्म तरकारीलगायत खाद्यान्नका पसल खुला गरेपछि फलफूल तथा तरकारी किन्नेको भिड लाग्ने गरेको छ ।
पश्चिम चितवनको गीतानगरस्थित सर्वोदय बहुउद्देश्यीय सहकारीमा १० किलो मलका लागि कोरोनाको त्रास मनमा लिएर लाइन बसेका किसान । धानमा मल हाल्ने समयमा जिल्लामा मलको हाहाकार छ ।
तनहुँको व्यासनगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी अनुमति प्रमाणपत्र चेकजाँच गर्दै जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज सई रेशमबहादुर रानाभाट । अनुमतिपत्र र ट्राफिक नियम बिपरीत सवारी चलाउनेको संख्या बढ्दै जानथालेपछि चेकजाँच कार्यमा कडाइ गरिएको छ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: