Skip to content
LAXMI SUNRISE BANK

आज आइक्यानको २८औँ वार्षिकोत्सव, विभिन्न कार्यक्रम गरी मनाइँदै 

अर्थ सरोकार

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)को २८औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बिहीबार काठमाडौँको होटल एभरेष्टमा आइक्यानको वार्षिकोत्सव कार्यक्रम मनाउन लागिएको हो । 

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री विष्णु पौडेल रहनेछन् । विशेष अतिथि महालेखापरीक्षक तोयम राया, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महालेखा नियन्त्रक डा. गणेश प्रसाद पाण्डे रहनेछन् । 

वार्षिकोत्सव कार्यक्रमका अवसरमा बिहान १० बजे सातौँ दीक्षान्त समारोह आयोजना हुनेछ । जसमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशर जंग बराल प्रमुख अतिथि रहनेछन् भने प्रमुख वक्ता संयुक्त राष्ट्र संघका पूर्व लेखा परीक्षक सिए नवल किशोर यादव रहनेछन् । 

त्यस्तै, १ बजेदेखि  ‘एमएल सिएफटी एण्ड ट्रेनिङ’ कन्फरेन्स । त्यस्तै, ५ बजेदेखि २८औँ वार्षिकोत्सव कार्यक्रम सुरु हुनेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK