काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सरकार ढलाउनमा लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरु सरकार ‘ढल्यो ढल्यो’ भन्दै गीत गाइरहेको बताएका हुन् ।
उनले बजारमा ‘ढलेँ ढलेँ’ भन्ने गित बजारमा आउँदैमा सरका नढल्ने दाबी गरेका छन् ।
उनले ‘ढलेँ ढलेँ’ भन्ने गीत पार्टी र उत्सवमा सुहाउने तर राजनीतिमा नसुहाउने बताएका छन् । ‘बजारमा ‘ढलेँ ढलेँ भन्ने अलि प्रचारमा छ । प्रायः आम रुपमा राजनीतिक नेताहरुले गाएको सुन्छु । ढल्यो ढल्यो, ढल्यो, आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो । राती ढल्यो, ढल्यो, ढल्यो…। यो गीत पार्टी र उत्सवमा सुहाउला तर राजनीतिमा त्यति सुहाउँदैन ।’
त्यस्तै, प्रधानमन्त्री ओलीले वर्तमान सरकार ८४ सम्म टसमस नहुने बताएका छन् । बरु दिनरात सरकार ढल्यो भनेर गीत गाउनुको सट्टा भएका राम्रा कामहरुको मूल्याकंन गर्नपर्ने ओलीले बताएका छन् ।