काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १८९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३९ हजार ५ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६२४.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।