काठमाडौँ । सिन्धुलीगढी युद्ध संग्रहालयमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । नेपाललाई उपनिवेश बनाउन आएको इस्ट-इन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध संग्रहालयको रुपमा विकास गरिएसँगै अहिले बिपी राजमार्ग भएर यात्रा गर्नेहरू संग्रहालय क्षेत्रमा उक्लने गरेका छन् ।
वि. सं. १८२४ मा भएको नेपाल-अंग्रेज युद्धको ऐतिहासिक दस्तावेज संग्रहित गरी नेपाली सेनाले सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण गरेको हो । नेपालकै प्रथम युद्ध संग्रहालयको रूपमा रहेको सो संग्रहालयको उद्धघाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।
सो युद्ध संग्रहालयमा त्यस समयमा गोर्खाली सेनाले प्रयोग गरेका हातहतियार, बाजागाजा, लगायत एतिहासिक सामग्रीहरू राखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्