काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड ५८ लाख ५५ हजार ६ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३१ करोड १६ लाख ८३ हजार ३ सय ९५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आइतबार सेन्ट्रल फाइनान्ससहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्