×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनकासाले क्रिकेट प्रतियोगिता आयोजना गर्ने, १३ टिमको सहभागिता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनकासाले क्रिकेट प्रतियोगिता आयोजना गर्ने, १३ टिमको सहभागिता

Artha Sarokar

२७ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) ले १२औँ एनसिएएसए इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । एनकासाले फागुन ४ गते देखि क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो ।

उक्त क्रिकेट प्रतियोगितामा १३ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । खेल पुलचोक र ल्याबोरेटरी स्कुल क्रिकेट मैदानमा हुने जनाइएको छ ।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ ।

वि.सं २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना विभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी