काठमाडौँ । माया र प्रेम गर्नेहरूको पर्व अर्थात् भ्यालेन्टाइन डे (प्रणय दिवस) नजिकिँदै छ । प्रणय दिवसमा प्रेमी प्रेमिकाहरूले एक अर्कालाई रातो, गुलाब, रङ्गीचङ्गीका फूल दिने गर्दछन् ।
काठमाडौँको कमलादिमा फूल पसलमा गत वर्ष जस्तो भिडभाड छैन । आर्थिक मन्दीका कारण होला प्रेममा पनि आर्थिक मन्दी लागेको जस्तो देखिएको छ । प्राय पसलहरू सुनसान छन् ।
गुलाफको फूल १०० देखि १५० सम्म र गुलाफको बुके ५०० देखि २००० सम्ममा बिक्री भइरहेको छ । त्यस्तै, मिक्स ५०० देखि १५०० मा बिक्री भइरहेको छ । नेपालमै उत्पादन हुने भएपनि फूलहरू भारतबाट आयात गर्नुपरेको व्यापारीहरू बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्: