×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

२९ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५४ वर्षीय लिल बहादुर राई र ३७ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।
उनीहरुले बेरोजगार युवा युवतीलाई आकर्षक तलब हुने प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । प्रहरीका अनुसार लिल बहादुर राईले दुई जनालाई मलेसिया पठाउने भन्दै दुई लाख रुपैयाँ ठगी गरेका थिए ।
त्यस्तै, बिशाल श्रेष्ठले एक जनालाई क्रोयसिया पठाउने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी