×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Artha Sarokar

३० माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सको पुतलीसडक शाखाले शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बीबीए प्रथम सेमेस्टरका ६० जना विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) सम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रम समृद्धि फाइनान्सका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बीएफआईहरूको संगठन प्रक्रिया, कार्यक्षेत्र, रोजगारीका अवसरहरू, बैंक वर्गीकरण तथा सहकारीबीचको भिन्नता जस्ता विषयहरूमा विद्यार्थीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको ह । साथै, वित्तीय क्षेत्रमा उपलब्ध अवसरहरूबारे विद्यार्थीहरूलाई मार्गदर्शन गरिएको थियो ।

विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्त जानकारीमूलक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी