×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

Artha Sarokar

१ फाल्गुन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६८ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ०२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रूपैयाँ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ०४ पैसा र बिक्रीदर नौ रूपैयाँ ०८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १९ रूपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०२ पैसा र बिक्री दर ३१ रूपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ७६ पैसा र बिक्रीदर रूपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३२ पैसा र बिक्री दर १९ रूपैयाँ ४० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ३० पैसा र बिक्रीदर ४५१ रूपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ६५ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ९१ पैसा निर्धारण भएको छ । त्यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी