×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म बैंकर हुँ… (कविता)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

म बैंकर हुँ… (कविता)

Artha Sarokar

५ फाल्गुन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रिया,
तिमी भेटको कुरा गर्छौँ
टार्गेटको कुरा गर्छु
किनकि यसमा मेरो सपना छ
मेरो विगत छ, वर्तमान छ
अनि भविष्यको रेखा छ ।
बैंकर हुँ ।

तिमी सम्बन्धको कुरा गर्छौँ
अनि तिमी नाताको कुरा गर्छौँ
तर म त खाताको कुरा गर्छु
किनकि मलाई सेभिङ बढाउनु छ
डिटिबी प्रोडक्ट बेच्नु छ
बैंकर हुँ ।

प्रिया,
तिमी हजारका कुरा गर्छौँ
नभए सयका कुरा गर्छौँ
नाई म त समयका कुरा गर्छु
मलाई बजार जानू छ
ऋणका फाइल खोज्नु छ
वार्षिक बजेट पुर्‍याउनु
अधिकतम नाफा कमाउनु छ
बैंकर हुँ ।

प्रिया,
तिमी इज्जतका कुरा गर्छौँ
देखावटी प्रतिष्ठासानका कुरा गर्छौँ
खयर मलाई इमानका कुरा गर्नुछ
किनकी, म बैंकर हुँ
मसँग मेरा अग्रजको विश्वास
आम जनताको भरोसा छ
गृहिणी, विद्यार्थी, कृषक अनि व्यावसायिको नासो छ
खाडीमा बेल्चा हान्नेहरूको सपना छ
बैंकर हुँ ।

प्रिया,
तिमी डेलिभरिको कुरा गर्छौ
रिकोभरिको कुरा गर्छु
मलाई कलेक्सन बढाउनु छ
घटाउनु छ एनपिएल
बढाउनु छ नाफा, बोनस र तलब
खरिद गर्नुछ केही थान अधुरा सपना
बैंकर हुँ 

साँच्चै तिमी प्रीतको कुरा गर्छौ
म अडिटको कुरा गर्छु
मलाई मेरा कर्म जीवित राख्नु छ
मान्नु छ माउ बैंकका निर्देशन
दिनु छ उचित प्रतिफल लगानीकर्तालाई
प्रफुल्ल राख्नुछ सबैका मन
बैंकर हुँ ।

प्रिया,
झन्डै डेढ दशक भो
बैंकिङ उद्योगमा खन जोत थालेको
साँच्चैको बैंकर बन्ने सपना पालेको
चाल्दैछु मेरा सिकारु पाइलाहरू अझै
अग्रजको मार्गदर्शन पाइराखुँ सधैँ
बैंकर हुँ
साँच्चैको बैंकर बन्ने सपना छ ।
बैंकर हुँ ।

एस.के. न्यौपाने

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी