Skip to content
LAXMI SUNRISE BANK

अवैधानिक प्रक्रियाबाट बेलायत नजान विभागको आग्रह 

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ । विभागले एक सूचना जारी गर्दै अवैधानिक प्रक्रियाबाट नेपालीहरुलाई बेलायत नजान सचेत गराएको हो । 

मौसमी कामदार पठाउने भन्दै रकम उठाउने र अलपत्र पार्ने गरेको गुनासो बढेपछि अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको विभागले जनाएको छ । 

सोही सूचनामार्फत विभागले हाल सरकारले बेलायतमा मौसमी कामदार पठाउने विषयमा कुनै पनि नीतिगत निर्णय नगरेको समेत सूचनामा उल्लेख गरेको छ । 

विभागले मौसमी कामदार पठाउने भन्दै कुनै पनि संस्था वा व्यक्तिसँग रकम लेनदेन नगर्न र अवैधानिक प्रक्रियाबाट जाने सोच वा योजना नबनाउन समेत अनुरोध गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK