Skip to content
LAXMI SUNRISE BANK

धनी विदेशीलाई अमेरिकाले ५० लाख डलरमा ‘गोल्ड कार्ड’ बेच्ने 

अर्थ सरोकार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनी विदेशीलाई ‘गोल्ड कार्ड’ बेच्ने भएका छन् । उनले ५० लाख डलर शुल्क तिर्ने धनी विदेशीहरुलाई ‘गोल्ड कार्ड’ बिक्री गर्ने घोषणा गरेका हुन् । 

५० लाख डलर तिरेर लिइएको उक्त गोल्ड कार्डले अमेरिकामा बस्न र काम गर्ने अधिकारसँगै अमेरिकी नागरिकताको बाटो पनि खुला गर्ने बताइएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त गोल्ड कार्डले ग्रिन कार्डसरह काम गर्ने बताएका छन् । उक्त गोल्ड कार्ड बिक्री गर्नुको उद्देश्य धनी व्यक्तिहरुलाई अमेरिकामा प्रवेश दिनु रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । 

गोल्ड कार्डको बिक्री आगामी दुई हप्ताभित्र सुरु हुने लाखौँले उक्त गोल्ड कार्ड किन्ने ट्रम्पले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK