×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सेयर बजारमा हरियाली, १४ अर्ब २५ करोडमाथिको सेयर कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइतबार सेयर बजारमा हरियाली, १४ अर्ब २५ करोडमाथिको सेयर कारोबार

Artha Sarokar

१८ फाल्गुन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर खरिद बिक्री १४ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ९७ करोड ५३ लाख ७७ हजार ३ सय ३१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी