काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोबिन्द गुरुङ नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेको पाइएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन थालेपछी राष्ट्र बैंकमा अब बन्ने नयाँ गभर्नरको दौडमा गुरुङ पनि रहेको पाइएको हो । उनले गभर्नरका लागि लबिङ समेत सुरु गरिसकेका छन् ।
२०७९ फागुन ७ गते कृषि विकास बैंकको सिइओमा नियुक्त भएका गुरुङको कार्यकाल सन्तोषजनक भने देखिएको छैन । उनी सिइओ भए यता बैंकको पर्फमेन्स झन् खस्किँदै गएको छ । यतिसम्म कि उनकै कार्यकालमा बैंकभित्र कर्जा प्रवाह, संस्थागत सुशासन लगायतमा थुप्रै समस्या देखिएका छन् ।
हाल बैंकसमेत राम्रोसँग चलाउन नसकेका उनै गुरुङ गभर्नरको दौडमा छन् । उनले नेपाल सरकारका एक मन्त्रीमार्फत आफूलाई गभर्नर बनाइदिन लबिङ सुरु गरिरहेको पनि पाइएको छ ।
गभर्नर बन्ने रेसमा को को छन् ? भनेर सरसर्ती हेर्दा गुरुङ भन्दा क्यापेबल अन्य थुप्रै प्रतिस्पर्धीहरु पनि गभर्नरको लबिङमा छन् । पूर्व बैंकर, अर्थविद्, राष्ट्र बैंककै कार्यकारी निर्देश पनि यो रेसमा हुँदा गभर्नरमा गोबिन्द गुरुङको सम्भावना भने साह्रै न्यून देखिन्छ । तर, गभर्नर बन्न योग्यता र क्षमता भन्दा पनि पैसाको बार्गेनिङ हुन्छ भन्ने चर्चा चलिरहेका बेला यो सम्भावनालाई पनि नकार्न भने सकिन्न ।