Skip to content
LAXMI SUNRISE BANK

सिभिल अस्पतालका कर्मचारीहरुले माग पुरा नभए आन्दोलन चर्काउने, दिए यस्तो चेतावनी…! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो

काठमाडौँ । निजामती कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफ्ना माग पुरा नभए आन्दोलन चर्काउने बताएका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले स्वास्थ्यकर्मी एवं कर्मचारीले राखेका माग पुरा नभए धर्ना र अनसनमा बस्ने बताएको हो । संघका अध्यक्ष सन्तोष धिमालले स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब, सेवा सुविधा, बढुवा, विनियमावली संशोधन लगायतका विषयमा अफुहरुले राखेका माग पुरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बताउनुभयो । 

सोमबार भएको प्रदर्शनमा अध्यक्ष धिमालले माग पुरा नभए धर्ना र अनसनका कार्यक्रम घोषणा गरिने बताउनुभएको हो । अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीहरुले १५ दिन देखि अस्पताल अगाडि कालो ब्यानर झुण्ड्याएर आफ्ना माग राखेका थिए भने आइतबारदेखि हातमा कालोपट्टि बाधेर काम गर्ने र दिनको १५ मिनेट अस्पताल अगाडि प्रदर्शन गर्ने कार्यक्रम गर्दै आएका छन् । अध्यक्ष धिमालले विगत दुई वर्ष देखि नै अस्पतालको व्यवस्थापन समक्ष आफ्ना मागहरु राखेको तर अहिले सम्म समाधान नभएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

अस्पतालकी नर्सिङ इन्चार्ज माया अधिकारीले अस्पताल व्यवस्थापनले स्वास्थ्यकर्मीको सुझाव पनि नमान्ने र आफैलेपनि राम्रोसँग काम नगरेकाले समस्या बढेको बताउनुभयो । उहाँले वर्षौंदेखि विनियमावली नल्याउँदा स्वास्थ्यकर्मीलाई काम गर्न स्पस्ट गाइडलाइन नभएको पनि बताउनुभयो । स्वास्थ्यकर्मीको बढुवा नहुने, वृति विकासका लागि अध्ययन र तालिममा सहभागि नगराउने, तल्लो तहमा बसेर माथिल्लो तहको कामको जिम्मेवारी लिनुपर्ने लगायतका समस्या रहेकाले आन्दोलन गर्नुपरेको अधिकारीले बताउनुभयो ।

निजामती कर्मचारी अस्पताल कर्मचारी संघले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि नेपाल रेडियोलोजिकल सोसाइटीले उनीहरुका मागप्रति एकवद्धता जनाएको छ । सोसाइटीका अध्यक्ष मुकेश झाले सोमबार अस्पताल पुगेर आफुहरुको पूर्ण साथ रहेको बताउनुभयो । उहाँले जायज माग पुरा गर्न तत्काल वार्ता गर्ने व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन र सरकारसँग आग्रह समेत गर्नुभयो ।

कोभिड १९ को अवस्थामा जोखिम मोलेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई सेवा सुविधा कम हुँदा मनोबल कमजोर हुने भएकाले तत्काल वार्तामार्फत समस्या समाधान गर्नुपर्नेमा झाले जोड दिनुभयो । स्वास्थ्यकर्मीहरुले विरामीको उपचारमा कुनै असुविधा हुने गरी आन्दोलनका कार्यक्रम नगरिएको बताएका छन् । आफ्ना माग पुरा गराउन दिउसो खाजाको समयमा १५ मिनेट छुट्याएर प्रदर्शन गरिएको पनि स्वास्थ्यकर्मीहरुले बताए । हेर्नुहोस् भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK